Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा कोरोनाविरुद्ध दुई अर्ब चौध करोड डोज खोप लगाइयो

चीनमा कोरोनाविरुद्ध दुई अर्ब चौध करोड डोज खोप लगाइयो


बेइजिङ । चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको छ । देशभर दुई अर्ब १४ करोड डोज खोप लगाइएको यहाँ राष्ट्रिय स्वास्थ्य निकायले आइतबार जानकारी दिएको छ ।

चीनको हुबे प्रन्तको वुहान सहरबाट सन् २०१९ को डिसेम्बरबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । कोरोना भाइरसबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान सुरु गरेका छन् । तर चीन खोप अभियान सबभन्दा अगाडि रहेको छ । कोरोनाको कारण हालसम्म विश्वभर २२ करोड ५१ लाख ७४ हजार चार सय ४२ जनाको संक्रमित भएका छन् भने यसको संक्रमणको कारण ४६ लाख ३९ हजार आठ सय ६७ जनाको मृत्यु भएको छ । रासस/सिन्ह्वा 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया