Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआज नयाँ आईफोन र हातेघडी सार्वजनिक गर्दै एप्पल

आज नयाँ आईफोन र हातेघडी सार्वजनिक गर्दै एप्पल


अमेरिका । चर्चित कम्पनी एप्पलले आज वार्षिक ‘आईफोन इभेन्ट’ कार्यक्रम गर्दै छ । कोरोनाका कारण यो कम्पनीको सातौँ भर्चुअल लन्च कार्यक्रम हुनेछ ।

यो कार्यक्रममा कम्पनीले नयाँ आइफोन, अपडेट गरिएको एयरपड र हातेघडी (एप्पलवाच) सार्वजनिक गर्न सक्ने विश्लेषकहरुले बताएका छन् । एप्पलको यो कार्यक्रमलाई विश्वभर चासोका साथ हेरिँदै आएको छ । एप्पलले पछिल्लो वर्ष बजारमा ल्याएको फाइभजी चल्ने आईफोन, म्याक र आईप्याडबाट राम्रै आम्दानी गरेको थियो ।

आईफोनको मात्रै ५० प्रतिशत राजस्व बढेको थियो भने म्याकको १६ र आईप्याडको १२ प्रतिशतले वृद्धि भएको थियो । यसका अन्य उत्पादनहरु हातेघडी र एयरपडको पनि राजस्व ४० प्रतिशतले बढेको थियो । गत वर्ष कोरोनाका कारण कम्पनीले सेप्टेम्बरमा नयाँ घडी ल्याएको थियो भने अक्टोबरमा आईफोन १२ ल्याएको थियो । आईफोन १२ पूर्ण नयाँ डिजाइन र फाइभजी प्रविधियुक्त थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया