Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअलिबाबा टुक्र्याउन सक्ने भयले सेयर मूल्य घट्यो

अलिबाबा टुक्र्याउन सक्ने भयले सेयर मूल्य घट्यो


चीन । चिनियाँ प्रविधि कम्पनी अलिबाबाको सेयर ह्वात्तै घटेको छ । एन्ट ग्रुपमाथि चिनियाँ नियामक निकायले पुनः अनुसन्धान थालेको खबरसँगै अलिबाबाको सेयर घटेको बीबीसीले जनाएको छ । नियामक निकायले अलिबाबाको भुक्तानी सेवा प्रदायक एप अलिपे टुक्र्याउने चाहेको फाइनान्सियल टाइम्सले जनाएकोा छ ।

नियामकीय योजनाअनुसार उक्त एपको नाफा व्यवसायका लागि छुट्टै कम्पनी खडा गरिनेछ । ठूला व्यवसायमाथि कडाइ गर्दै आएको बेइजिङको पछिल्लो कदम हो यो । त्यस्तै बेइजिङले कम्पनीलाई डेटा हस्तारणका लागि पनि बाध्य पार्नसक्ने देखिएको छ । अलिबाबाको सेयर सोमबार हङकङमा ४.२ प्रतिशतले घटेको छ । एन्ट ग्रुपले यसबारे केही बताएको छैन । एन्ट ग्रुप चिनियाँ सरकारी नियामकको तारो बनेको यो पहिलोपटक होइन ।

पछिल्लो समय चर्चित व्यवसायी ज्याक माको व्यवसायमा चीनले लगातार निशाना बनाइरहेको छ । गत वर्ष अक्टोबरदेखि चिनियाँ अधिकारीले एन्ट ग्रुपलाई नजिकबाट हेरिरहेका थिए । त्यही बेला माले चिनियाँ अधिकारीको आलोचना गरेका थिए । त्यसपछिका महिनामा मा निगरानीमा पर्दै आएकामा एन्ट ग्रुपको ३७ अर्ब डलरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) नै रद्द गरिएको थियो । अप्रिलमा अलिबाबामाथि दुई अर्ब ८० करोड डलरको जरिवाना गराइएको थियो भने एन्ट ग्रुपलाई व्यवसाय पुनर्संरचना गर्न भनिएको थियो । अलिबाबामात्र होइन अरु ठूला कम्पनीमाथि पनि चीनले कडाइ गरिरहेको छ 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया