६ अर्ब भारु लगानी गर्ने फोर्स मोटर्सको योजना
मुम्बई, माघ १३
सवारीसाधन निर्माता फोर्स मोटर्सले २ वर्षभित्र ६ अर्ब भारु लगानी गर्ने योजना बनाएको छ । भारतीय मिडियाका अनुसार कम्पनीले नयाँ मोडलका सवारीसाधन ल्याउन लगानीको प्रस्ताव गरेको हो । प्रिमियम प्लेटफर्ममा नयाँ मोडल ल्याउने कम्पनीको तयारी छ । यसको कोड नाम टी१एन राखिएको नवभारत टाइम्सले जनाएको छ । कम्पनीका अनुसार यही वर्षको अन्त्यतिर व्यावसायिक उत्पादन सुरु गरिनेछ । फोर्स मोटर्सका प्रबन्धनिर्देशक प्रसन्न फिरोदियाले आगामी २ वर्षभित्र ६ अर्ब भारु लगानीको योजना बनाएको बताए । कम्पनीले पछिल्लो साता टी१एन पेस गरेको छ । यो मोडलका गाडी निर्यात गर्ने गरी उत्पादन हुने फिरोदियाको भनाइ छ । सबैभन्दा बढी भ्यान निर्माण गर्ने कम्पनीको भ्यान बजारमा ६८ प्रतिशत हिस्सा रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया