Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदक्षिण कोरियाले गुगललाई १७ करोड ७० लाख डलर जरिवाना गर्ने

दक्षिण कोरियाले गुगललाई १७ करोड ७० लाख डलर जरिवाना गर्ने


सोल । दक्षिण कोरियाको प्रतिस्पर्धासम्बन्धी वाचडगले गुगललाई १७ करोड ७० लाख अमेरिकी डलर जरिवाना गर्ने भएको छ । सामसङजस्ता स्मार्टफोन निर्मातालाई अन्य अपरेटिङ सिस्टम प्रयोग गर्न ब्लक गरेको भन्दै उक्त जरिवाना गर्न लागिएको हो ।

यससम्बन्धी जरिवाना अहिलेसम्मकै ठूलो भएको बताइएको छ । गुगलले भने जरिवानाविरुद्ध कानुन लडाइँ लड्ने बताएको छ । उसले आफ्नो सफ्टवेयर पेलिसीले हार्डवेयर साझेदार र उपभोक्तालाई फाइदा पुगेको दाबी गर्दै त्यसतर्फ दक्षिण कोरियाली सरकारी अधिकारीले ध्यान नदिएको बताएको छ । दक्षिण कोरियाले मंगलबार जरिवानाको घोषणा गरेको हो ।

त्यहाँको दूरसञ्चार ऐन संशोधन हुँदै गर्दा गुगलविरुद्ध जरिवानाको तयारी भएको हो । संशोधित ऐनले गुगल र एप्पलजस्ता कम्पनीलाई उनीहरुको इन एप पर्चेसिङ सिस्टम किन्नबाट रोक लगाउँछ । दक्षिण कोरियाको यस्तो अभ्यास हालसम्मकै पहिलो भएको बताइएको छ । दक्षिण कोरियाले विदेशी प्रविधिमाथि कडा निगरानी गर्दै आएको छ । पछिल्ला वर्षमा गुगल र एप्पल निशानामा पर्दै आएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया