Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘हवाइ यात्रा महामारीअघिकै अवस्थामा फर्किन अझै साढे दुई वर्ष लाग्छ’

‘हवाइ यात्रा महामारीअघिकै अवस्थामा फर्किन अझै साढे दुई वर्ष लाग्छ’


अमेरिका । विमान निर्माता चर्चित कम्पनी बोइङले हवाइ यात्रा महामारीअघिकै अवस्थामा फर्किन अझै तीन वर्ष लाग्नसक्ने बताएको छ । कम्पनीले विश्व हवाइ यात्रा सन् २०२४ मा मात्रै महामारीअघिको अवस्थामा फर्किने बताएको हो ।

बोइङका कमर्सियल मार्केटिङतर्फका उपाध्यक्ष डारेन हल्स्टले भने, ‘हवाइ यात्रा क्षेत्र सन् २०२३ को अन्त्यसम्ममा सन् २०१९ को स्तरमा आउनेछ ।’ लामो रुटका अन्तर्राष्ट्रिय उडान सामान्य हुनन अझै समय लाग्न सक्ने बोइङको अनुमान छ । अझै पनि कतिपय देशका सरकारले प्रतिबन्धजस्ता कडाइ जारी राखेकोले बोइङले यस्तो अनुमान गरेको हो ।

गत वर्ष विश्वव हवाइ यात्रु संख्या ६० प्रतिशतले घटेर एक अर्ब ८० करोड थियो भने यो क्षेत्रले एक खर्ब २६ अर्ब डलर गुमाउनुपरेको अन्तर्राष्ट्रिय हवाइ यात्रा संघले जनाएको छ । जुन अहिलेसम्मकै खराब वर्ष भएको आईएटीएको भनाइ छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया