५० बढी वस्तुमा आयात शुल्क बढाउँदै भारत
नयाँ दिल्ली, माघ १३
भारतले ५० भन्दा बढी वस्तुको आयात शुल्क बढाउने तयारी गरेको छ । ती वस्तुहरुमा विद्युतीय सामान, केमिकल र हस्तकलाका वस्तुहरु पर्ने रोयटर्सले जनाएको छ । समाचारअनुसार ५६ अर्ब डलर मूल्यका चिनियाँ र अन्य देशका सामानमा यस्तो शुल्क वृद्धिको तयारी गरिएको छ । वित्तमन्त्री निर्मला सीतारमणले वार्षिक बजेट फेब्रुअरी १ मा सार्वजनिक गरेपछि यस्तो कदम चालिनलागेको हो ।
आर्थिक वृद्धिदरलाई लयमा ल्याउन भारतले यस्तो कदम चाल्ने बताइएको छ । नयाँ शुल्क विशेषगरी मोबाइल चार्जर, औद्योगिक केमिकल, बत्तीहरु, फर्निचर, मैन, गरगहना र हस्तकलामा लागू हुनेछन् । यसको मारमा चार्जर आयात गर्ने स्मार्टफोन निर्माताहरु पर्न सक्नेछन् । त्यस्ता वस्तुमा ५ देखि १० प्रतिशतसम्म आयात शुल्क बढ्ने बताइएको छ । अर्थ मन्त्रालयले यस्तो प्रस्ताव गरेको सरकारी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
अनावश्यक सामग्री आयात घटाउन यस्तो कदम चालिनलागेको हो । यसबारे भारतले औपचारिक धारणा सार्वजनिक गरेको भने छैन । सन् २०१४ मा सरकार सम्हालेयता प्रधानमन्त्री नरेन्द्र मोदीले आयातमा कडाइ गर्नुका साथै उत्पादन, रक्षा र अन्य क्षेत्रमा विदेशी लगानी भित्र्याइरहेका छन् । गत जुलाईमा पनि भारतले ७५ वस्तुमा आयात कर बढाएको थियो । जसमा सुन र अटोमोबाइल पार्टहरु समावेश थिए ।
भारतको आयात निर्यातभन्दा द्रुतगतिमा भइरहे पनि अप्रिल डिसेम्बर अवधिमा ८.९० प्रतिशतले घटेको छ । निर्यात पनि उक्त अवधिमा २ प्रतिशतले घटेको छ । यसले मोदी सरकारलाई १ खर्ब १८ अर्ब डलरमा व्यापारघाटा झार्न सहयोग पुगेको छ । १ वर्षअघि भारतको व्यापारघाटा १ खर्ब ४८ अर्ब डलर रहेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
- शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
- खल्ती र पीसीएसबीच समझदारी
- महिला लघुवित्तको तालिम
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया