Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअगस्टमा अमेरिकी खुद्रा बिक्री ०.७ प्रतिशतले वृद्धि

अगस्टमा अमेरिकी खुद्रा बिक्री ०.७ प्रतिशतले वृद्धि


वासिङटन । अमेरिकामा कार बिक्रीमा देखिएको तीब्र गिरावटको बाबजुद अगस्टमा अमेरिकी खुद्रा बिक्रीमा ०.७ प्रतिशतले वृद्धि भएको अमेरिकी सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । स्थानीय समयअनुसार बिहीबार सार्वजनिक रिपोर्टमा जुलाईमा उपभोक्ताको माग नाप्ने सूचकांक १.८ प्रतिशतले कम भएपछि यो वृद्धिले छ खर्ब १८ अर्ब ७० करोड अमेरिकी डलर बराबरको बिक्री गरिएको बताइएको छ ।

एएफपीका अनुसार यो अवधिमा कार बिक्री ३.९ प्रतिशतले कम भएको तर तर खुद्रा बिक्री १.८ प्रतिशतले बढेको वाणिज्य मन्त्रालयले बताएको छ । महामारीका कारण बन्द अमेरिकी बजार खुल्न थालेपछि यहाँको अर्थ व्यवस्थामा सुधार आउन थालेको छ । अमेरिकीहरूले महामारीपछि लामो समय बन्द पर्यटनलाई खोलेपछि गाडीको मूल्यमा वृद्धि भएको तर मूल्य वृद्धिका कारण कारोबारमा कमी आएको छ ।

कोभिड–१९ को डेल्टा भेरियन्टको बढ्दो संक्रमण दरका बावजुद उपकरण तथा इलेक्ट्रोनिक्स स्टोरहरूमा बिक्री ३.१ प्रतिशतले कम भयो भने रेस्टुरेन्ट तथा बारहरूको कारोबार पूर्ववत अवस्थामा रहेको छ । फर्निचर सामानको कारोबारमा ३.७ प्रतिशतले वृद्धि भएको छ भने किराना पसलको कारोबार १.८ प्रतिशतले वृद्धि भएको छ । जुलाईमा ४.६ प्रतिशतभन्दा कमी नाफा रहेको कारोबारमा अगस्टमा ५.३ प्रतिशत नाफा भएको अनलाइन कारोबार संस्थाहरूद्वारा उपलब्ध तथ्यांकमा उल्लेख छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया