Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेश–अस्ट्रेलियाले गरे लगानी तथा व्यापार सम्झौता

बंगलादेश–अस्ट्रेलियाले गरे लगानी तथा व्यापार सम्झौता


ढाका । बंगलादेश र अस्ट्रेलियाबीच लगानी तथा व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशबीच ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एरेन्जमेन्ट (टिफा)मा हस्ताक्षर भएको हो । यसले दुई देशबीचको व्यापार र लगानीका अवरोध हटाउने अपेक्षा गरिएको छ ।

बंगलादेशले सन् २०१३ मा अमेरिकासँग ट्रेड एन्ड इन्भेस्टमेन्ट कोअपरेसन फोरम एग्रिमेन्टमा गरेको सम्झौतापछि भएको यो सम्झौता दोस्रो द्विदेशीय व्यापार सम्झौता हो । बंगलादेशी वाणिज्यमन्त्री तिपु मुन्सी र अस्ट्रेलियाका व्यापार, पर्यटन तथा लगानीमन्त्री डान तेहानले भर्चुअल कार्यक्रमका बीच सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

‘हामीलाई विदेशी लगानी चाहिन्छ । अस्ट्रेलिया निर्यात गन्तव्यको रुपमा र लगानीका लागि अस्ट्रेलिया सम्भावनायुक्त देश हो’, मुन्सीले सम्झौतापछि भनिन्, ‘अस्ट्रेलियासँगको व्यापार पनि बढिरहेको छ । हामी जुनसुकै क्षेत्रमा आउने अस्ट्रेलियाली लगानी स्वीकृत गर्न तयार छौँ ।’

अस्ट्रेलियाबाट ठूलो समूहले अर्को वर्ष बंगलादेशमा आउने तय भएको छ । सम्झौतापछि अब दुई देशले टिफाको कार्यविधिलाई अन्तिम रुप दिन बैठक बस्नेछन् । टिफा विशुद्ध लगानीसम्बन्धी रहेको छ । बंगलादेशले अस्ट्रेलिया निर्यात हुने वस्तुमा विशेष सहुलियत सौविध्य प्राप्त गरिरहेको छ । टिफाले बंगलादेशलाई आर्थिक अन्तक्र्रिया र व्यापार तथा लगानीको नयाँ अवसरको ढोका खोल्ने बताइएको छ । सम्झौतासँगै अब संयुक्त कार्यदल बनाइनेछ । त्यसमा दुवै देशका सम्बद्ध क्षेत्र उपक्षेत्रका मानिसहरु रहनेछन् । कार्यदलले संयन्त्र बनाई व्यापार र लगानी सम्भाव्यताको खोजी गर्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया