Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएल साल्भाडोरमा बिटक्वाइनविरुद्ध हजारौँको प्रदर्शन

एल साल्भाडोरमा बिटक्वाइनविरुद्ध हजारौँको प्रदर्शन


एल साल्भाडोर । हजारौँ प्रदर्शनकारीहरु एल साल्भाडोरका सडक तथा गल्लीमा उत्रिएका छन् । बिटक्वाइनलाई सरकारले राष्ट्रिय मुद्रा घोषणा गरेको विरोधमा उनीहरु आक्रोशित भएका हुन् ।

बीबीसीका अनुसार त्यहाँका राष्ट्रपति नायिब बुकिलीले विदेशमा काम गर्ने साल्भाडोरानहरुलाई स्वदेशमा पैसा पठाउन सहज हुने बताउँँदै आएका छन् । तर प्रदर्शनकारीले भने यसले अस्थिरता र महंगी मात्रै बढाउने भन्दै विरोध गरिरहेका छन् । केही प्रदर्शनकारीले नयाँ बिटक्वाइन मेसिनहरुमा आगै लगाएका छन् भने केहीले राष्ट्रपतिविरुद्ध तानाशाही बनेको भन्दै आक्रोश पोखेका छन् ।

गत हप्ता एल साल्भाडोर अमेरिकी डलरसँगै भर्चुअल मुद्रालाई वैधानिकता दिने पहिलो देश बनेको थियो । प्रदर्शनकारीहरु देशको राजधानी सान साल्भाडोरमा देशको दुई सयौँ स्वतन्त्रता दिवस मनाउन भेला भएका थिए । उनीहरुले ‘नो बिटक्वाइन’, ‘रेस्पेक्ट द कन्स्टिच्युसन’ लेखिएका प्लेकार्डहरु बोकेका थिए । उनीहरुले राष्ट्रपति बुकिलीमाथि निरंकुश भएको आरोप लगाएका थिए ।

राष्ट्रपति बुकिली भर्खर न्यायपालिकामाथि पनि पकड जमाएका छन् । न्यायपालिकाले उनलाई संवैधानिक अप्ठ्यारोका बाबजुद दोस्रो कार्यकालका लागि बाटो खुल्ला गरिदिएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया