Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपूर्वी चीनको यान्ताईले विश्व औद्योगिक डिजाइन सम्मेलनको आयोजना गर्ने

पूर्वी चीनको यान्ताईले विश्व औद्योगिक डिजाइन सम्मेलनको आयोजना गर्ने


चीन । विश्व औद्योगिक डिजाइन सम्मेलन पूर्वी चीनको सान्डोङ प्रान्तको तटीय शहर यान्ताईमा अक्टोबर २२ देखि २४ सम्म आयोजना हुने भएको छ । आयोजकले शुक्रबार दिएको जानकारी अनुसार यस वर्षको सम्मेलन मुख्यतः बौद्धिक उत्पादनहरू र डिजाइन निर्माणमा केन्द्रित हुनेछ । प्रदर्शनी अनलाइन र अफलाइन दुवै माध्यमद्वारा सञ्जालन हुने आयोजकले जनाएका छन् ।

करिब एक हजार नयाँ डिजाइन र नवप्रवर्तन उद्यमशीलताका विषयमा स्वदेश तथा विदेशबाट उद्यमीहरूले सहभागीता जनाउने अपेक्षा गरिएको छ । ती प्रदर्शनीहरूमा एयरोस्पेस, स्मार्ट कार, इन्टिलिजेन्ट रोबोर्ट लगायतका क्षेत्र र विषय समेटिने छन् ।यस किसिमको सम्मेलन २०१६ देखि हालसम्म चार पटक आयोजना गरिएको छ जसमा ४६ देशहरूले सहभागिता जनाएका छन् । उद्योग तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारी वाङपेङका अनुसार सम्मेलन थुप्रै उद्योगी, व्यवसायी र डिजाइनरहरूका बीच प्रतिभा र सहयोग को आदान–प्रदान गर्ने एक मञ्चको रूपमा आकर्षित गर्न सफल भएको छ ।

राष्ट्रपति सीको जोड विश्व शान्ति र समृद्धिका पक्षमा
यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग संगठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदायबीच साझा भविष्य निर्माण आग्रह गरेका छन् । उनले सांघाई सहयोग संगठनमार्फत विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिएका छन् । राष्ट्रपति सीले भिडियो लिंकमार्फत एससीओको राष्ट्र प्रमुखहरूको परिषद्को २१औँ बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन्  ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया