Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह

अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह


काबुल । चिनियाँ दूतले अफगानिस्तानलाई सहयोग गर्न विश्व समूदायसँग आग्रह गरेका छन् । सिन्ह्वाका अनुसार उनले आफ्नो चाहना र मोडेलमा नै सहयोग गर्न आग्रह गर्दै अहिले अफगानिस्तानलाई सहयोग आवश्यक रहेको बताए ।
हाल अफगानिस्तानलाई मानवीय सहयताको खाँचो रहेकोले सहयोग गर्नुपर्ने उनले बताएका छन् । अफगानिस्तानको क्षेत्रीय अखण्डता र उनीहरुको स्वतन्त्रताको सम्मान गर्दै सबै विदेशी समुदायले सहयोग पु-याउनुपर्ने उनको धारणा थियो ।

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ उप प्रमुख स्थायी प्रतिनिधि दाइ बिङले सो धारणा राखेका हुन् । उनले अहिले पनि अफगानिस्तान अन्तर्राष्ट्रिय आतंकवादीहरु जम्मा हुने ठाउँ बन्ने खतरा रहेको भन्दै अफगानिस्तानलाई यस्तो ठाउँ हुन दिनबाट बचाउन र त्यहाँका नागरिकलाई सहयोग गर्नका लागि विश्व समुदायलाई आग्रह गरेका हुन् । अहिले पनि अफगानिस्तानमा सहयोग र मानवीय सहायताका कार्यक्रमहरु लिएर जानुपर्ने उनले बताए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया