नयाँ प्रतिबन्धले तालिबानमा महिला थप आक्रोशित
काबुल । अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढाइएको छ । सोमबार तालिबानले महिलाहरूको अधिकार र स्वतन्त्रतामा थप कडा पार्दै जाने संकेत गरेको छ । महिलाहरूलाई काममा पहुँच कम गर्ने र केटीहरूलाई विद्यालय जानबाट रोक्ने लगायतका कदमहरू चाल्न थालिएको छ । तालिबानको विगतको शासन क्रूर एवं दमनकारी रहेकाले यस पटक उनीहरूले स्वतन्त्रता र उदारतालाई प्राथमिकता दिने गरेको घोषणा पनि क्रमशः लागू नहुने र विगतको जस्तै कठोर शासन सञ्चालन गर्ने संकेत तालिबानले दिएको छ ।
परराष्ट्र मन्त्रालयकी वरिष्ठ अधिकृतले सेवाबाट बर्खास्तीमा परेपछि आफूहरू ठूलो पीडामा परेको बताएकी छिन् । उक्त मन्त्रालयमा काम गर्ने थुप्रै महिलाहरूले जागिर गुमाउनु परेको छ । जसले महिलाहरूले मरेतुल्य हुनु परेको टिप्पणी गरेका छन् । यसैगरी राजधानी काबुलको एक नगरपालिकाका मेयरका अनुसार त्यहाँ कार्यरत महिला कर्मचारीको स्थानमा अब छिट्टै पुरुष कर्मचारी भर्ना गरिनेछ । शिक्षा मन्त्रालयले पछिल्ला दिनहरूमा पुरुष शिक्षक र विद्यार्थीहरूलाई मात्र अध्ययन अध्यापनमा फर्किन आग्रह गरेको छ ।
यद्यपि नयाँ शासकहरूले यस किसिमको औपचारिक नीतिको घोषणा भने गरेका छैनन् । शुक्रबार सबै पुरुष कर्मचारी उपस्थित भएर पूर्व सरकारको महिला मामिला मन्त्रालय बन्द गरिएको छ। यस्ता कदमले सबै महिलाहरू भयभीत भएका छन् । उनीहरू अब राम्रो रोजगारी नपाउने चिन्ताले छट्पटिएका छन् । देशमा बिग्रिँदै गएको स्वास्थ्य अवस्था र बाह्य सहयोगको कटौतीले चिन्तित बन्दै गएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेसुस तालिबान नेतृत्वसँगको वार्ता अघि सोमबार काबुलमा पुगेका छन् । रासस/एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयरबजार परिसुचक दुई हजार ६८ बिन्दुमा
- जब विश्वकै धनी व्यक्तिले म्यानचेस्टर युनाइटेड किन्ने ठट्टा गरे…
- बंगलादेशमा तत्काल छैन आर्थिक संकट : आईएमएफ
- नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष ज्ञवालीद्वारा शपथग्रहण
- हिम पर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सम्झौता
- सानिमा बैंकको ‘सानिमा फेमिली सुपर सेभिङ खाता’
- जीवन विकास लघुवित्तको संयोजकत्वमा कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान
- नेपालमा पहिलो पटक ‘नबिल फोन लोन–क्यूआर मर्चेन्ट’ शुभारम्भ
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया