Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदुई हजार बढी टन हिल्सा माछा भारत निर्यात गर्दै बंगलादेश

दुई हजार बढी टन हिल्सा माछा भारत निर्यात गर्दै बंगलादेश


ढाका । बंगलादेशले ठूलो परिमाणमा हिल्सा माछा भारत निर्यात गर्ने भएको छ । त्यहाँको वाणिज्य मन्त्रालयले ५२ कम्पनीलाई २ हजार ८० टन हिल्सा माछा यो वर्षको अक्टोवर १० सम्ममा निर्यात गर्न स्वीकृति दिएको हो ।

हिन्दूहरुको नवरात्रि (दशैँ) नजिकिँदै गर्दा भारतमा माछाको माग बढेको छ । भारत सरकारले पनि विविध खालका माछा आयात गर्न चाहिरहेको छ । वाणिज्य मन्त्रालयले ४० टन हिल्सा माछा निर्यात गर्न ५२ स्थानीय कम्पनीलाई छनोट गरेको जनाएको छ ।

बंगलादेशले हरेक वर्ष दशैँमा भारतमा हिल्सा माछा निर्यात गर्दै आएको छ । गत वर्ष बंगलादेशले उही परिमाणमा हिल्सा निर्यात गरेको थियो । भारतको पश्चिम बंगालमा हिल्साको माग उच्च रहेको बताइएको छ । हरेक वर्ष भारतले बंगलादेश सरकारलाई हिल्सा निर्यात गर्न आग्रह गर्ने गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया