Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ बालबालिकालाई दैनिक ‘टिकटक’ प्रयोग गर्ने समय ४० मिनेट

चिनियाँ बालबालिकालाई दैनिक ‘टिकटक’ प्रयोग गर्ने समय ४० मिनेट


बेइजिङ । चिनियाँ बालबालिकाले अब चिनियाँ भर्सनको टिकटक ‘डाउयिन’ ४० मिनेट मात्रै दैनिक प्रयोग गर्न पाउने भएका छन् । यो नियम १४ वर्षमुनिका बालबालिकाको हकमा लागू हुनेछ । त्यसमा बालिबालिकाले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्ममा ४० मिनेट मात्रै पहुँच पाउनेछन् । जसले आफू १४ वर्षमुनिको भनी एकाउन्ट प्रमाणित गराएका छन् उनीहरुले डाउयिनको सीमित समय पाउने भएका हुन् ।

बीबीसीका अनुसार मातृकम्पनी बाइटीडान्सले एपको युथ मोड घोषणा गरेको हो । छोटा भिडियोहरु सेवाप्रदायक कम्पनीले पहिलोपटक समयसीमाको नियम ल्याएको बताइएको छ । पछिल्लो समय चीनले प्रविधि कम्पनीमाथि निगरानी बढाइरहँदा बाइटीडान्सले यस्तो कदम चालेको हो । डाउनको प्रयोगसम्बन्धी सम्झौतामा न्यूनतम उमेर निर्धारण नगरिए पनि १८ वर्षमुनिकाको हकमा भने कसैको संरक्षकत्व खुलाउनुपर्ने हुन्छ । यसैको भगिनी एप टिकटकमा न्यूनतम उमेर सीमा १३ वर्ष लागू गरिएको छ ।

युथमोडमा डाउयिनले नयाँ शैक्षिक विषयवस्तु पनि ल्याएको छ । यसमा बालबालिकाले वैज्ञानिक परीक्षणहरु, संग्रहालय प्रदर्शन र इतिहाससम्बन्धी ज्ञान आर्जन गर्न सक्नेछन् । डाउयिनले ब्लगपोस्टमा किशोरावस्थाका लागि कडा नीति अख्तियार गर्ने बताएको छ । उसले विषयवस्तुमा पनि उत्तिकै ध्यान दिने बताएको छ ।

गत महिना चिनियाँ सरकारी अधिकारीहरुले १८ वर्षमुनिका बालबालिकालाई भिडियो गेम खेल्न पनि कडाइ गरेको थियो । उनीहरुलाई शुक्रबार र विदामा पनि एक घण्टा मात्रै खेल्न पाउने नियम ल्याएको थियो । गत फेब्रुअरीमा चिनियाँ बालबालिकालाई स्कुलमा मोबाइल लैजान प्रतिबन्धित गरिएको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया