Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानको आर्थिक वृद्धिदर सरकारले अनुमान गरेभन्दा कम हुने

पाकिस्तानको आर्थिक वृद्धिदर सरकारले अनुमान गरेभन्दा कम हुने


इस्लामावाद । पाकिस्तानको आर्थिक वृद्धिदर सरकारले अनुमान गरेभन्दा कम हुने प्रक्षेपण गरिएको छ । फिच सोलुसन नामक एक संस्थाले सोमबार गरेको प्रक्षेपणअनुसार चालू आर्थिक वर्षमा ४.२ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल हुने देखिएको हो । सरकारले भने ४.८ प्रतिशतको लक्ष्य राखेको थियो ।

वित्तीय सूचनाको सेवा प्रवाह गर्ने उक्त संस्थाले निर्यातभन्दा आयात वृद्धि हुँदा त्यसको असर परेको जनाएको छ । यद्यपि कोरोना भाइरस संक्रमणविरुद्धको खोप अभियान बढ्दा त्यसले निजी क्षेत्रका उपभोक्ता वृद्धिदर हुने र सरकारको मौद्रिक नीति सहयोगी बन्ने अपेक्षा गरेको जनाएको छ । रिपोर्टअनुसार कोरोनाको डेल्टा भेरिएन्टले घरेलु क्षेत्रमा असर गरेको छ । कोरोनाको फर्किँदो लहरले वृद्धिदरमा असर पुग्ने उसको भनाइ छ ।

त्यस्तै बाह्यतर्फ तालिबानजस्ता अतिवादी समूहले सुरक्षा जोखिम बढाउँदा सामाजिक अस्थिरता र पूर्वाधार विनाशको जोखिम बढाएको रिपोर्टमा जनाइएको छ । यसले पूर्वाधार विकासमा लगानी गर्ने क्षमतामा ह्रास आउनसक्ने औँल्याइएको छ । पाकिस्तानमा अहिले कोरोनाको चौथो लहर चलिरहेको छ । सरकारले राष्ट्रव्यापी लकडाउनको साटो स्मार्ट लकडाउनलाई जोड दिइरहेको छ । यद्यपि वृद्धिदर अनुमानमा धेरै फरक नपर्ने उसको दाबी छ । फिच सोलुसनले निजी क्षेत्रको उपभोग दर पनि परिमार्जन गरेको छ । आर्थिक वर्ष २०२२ का लागि पहिले यस्तो दर ३.४ प्रतिशत राखिएकामा अहिले परिमार्जन गरी ३.६ प्रतिशत राखिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया