Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी डलर अभावले श्रीलंकामा खाद्य आयात प्रभावित

अमेरिकी डलर अभावले श्रीलंकामा खाद्य आयात प्रभावित


कोलम्बो । श्रीलंकामा अमेरिकी डलरको अभावको प्रभाव देखिनथालेको छ । एजेन्सीहरुका अनुसार डलर अभावले खाद्य आयातमा समस्या भएको हो । आयातकर्ताहरुले आफ्नो आयात बिल भुक्तानीमा समस्या भोगिरहेका छन् भने सोही कारण आवश्यक खाद्य पदार्थको एक हजारभन्दा धेरै कन्टेनर कोलम्बो बन्दरगाहमै रोकिएका छन् ।

पछिल्ला हप्तामा श्रीलंकाको स्थानीय मुद्रामा पनि भारी गिरावट आएको छ भने कोभिड १९ महामारीको कारण विश्व बजारमा उच्च मूल्य हुँदा आवश्यक वस्तुको मूल्य आकाशिएको छ । सरकारले डलर संकट हुनुमा व्यापारीहरुलाई नै जिम्मेवार ठह¥याएको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले अगस्ट ३१ मा देशको मुद्राको मूल्यमा भारी गिरावट आएको कारण खाद्य वस्तुको मूल्यवृद्धिसँगै बढ्दो मुद्रास्फीति रोक्न आर्थिक संकटकाल घोषणा गरेका थिए ।

त्यस्तै खाद्य वस्तुका आयातकर्ताले पनि समाधानको खोजी गर्न यही हप्ता प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग वार्ता गरेका थिए । खाद्य आयातकर्ताले यही अवस्था रहे खाद्यपदार्थको अभाव हुने चेतावनी दिएका छन् । उनीहरुले स्थानीय बैंकमा अपर्याप्त अमेरिकी डलरको कारण कोलम्बो बन्दरगाहबाट आफ्नो वस्तु निकाल्नसमेत असमर्थता व्यक्त गरेका छन् । उपभोक्ता मामिलामन्त्री बन्डुला गुणवर्धनेले दूध, खाना, ग्यास, गहुँ र आँटा तथा सिमेन्टको खुद्रा मूल्यमा बढे्को मूल्यले जीवनयापनको लागत बढाएको बताएका छन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया