Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसबै क्रिप्टो मुद्रा कारोबार अवैध भएको चीनको घोषणा

सबै क्रिप्टो मुद्रा कारोबार अवैध भएको चीनको घोषणा


बेइजिङ । चीनको केन्द्रीय बैंकले सबै भर्चुअल मुद्रामा आधारित कारोबारलाई अवैध घोषणा गरेको छ । योसँगै बिटक्वाइन जस्ता भर्चुअल मुद्रामा आधारित कारोबार चीनमा पूर्ण बन्द भएको छ । ‘भर्चुअल मुद्रामा आधारित व्यावसायिक क्रियाकलापलाई अवैध वित्तीय गतिविधि भएका छन्’, द पिपल्स बैंक अफ चाइनाले चेतावनी दिँदै भनेको छ, ‘यसले जनताको सम्पत्तिको सुरक्षामा गम्भीर जोखिम पु¥याउँछ ।’

चीन विश्वकै ठूलो क्रिप्टोकरेन्सी बजार हो । चीनको यस्तो घोषणाले पुनः क्रिप्टो मुद्राहरुको अवमूल्यन गराउनसक्नेछ । चिनियाँ घोषणाले बिटक्वाइनको मूल्यमा दुई हजार डलरभन्दा बढी अवमूल्यन भएको बताइएको छ । त्यसो त सन् २०१९ देखि नै बिटक्वाइन ट्रेडिङ बन्द थियो । तर विदेशी विनिमयअनुसार अनलाइन कारोबार भइरहेको थियो । जे भए पनि यो घोषणाले महत्वपूर्ण प्रभाव पर्ने निश्चित छ ।

गत मे महिनामा चिनियाँ सरकारी संस्थाहरुले अनलाइनबाट बिटक्वाइन र अन्य मुद्रा कारोबार गर्दा क्रेताहरुलाई कुनै संरक्षण वा सुरक्षा प्राप्त नहुने बताएका थिए । जुन महिनामा चीनले बैंक र भुक्तानी सेवा प्रदायकलाई यससम्बन्धी कारोबार नगर्न भन्यो भने यी मुद्राको माइनिङमाथि पनि प्रतिबन्ध लगायो । त्यसका लागि शक्तिशाली कम्प्युटरहरु नयाँ क्वाइन बनाउनबाट रोक्न व्यापारमाथि रोक लगायो । तर शुक्रबारको घोषणासँगै चीनले सबै किसिमको भर्चुअल मुद्रा कारोबार रोक्ने बलियो संकेत मिलेको छ । यति हुँदाहुँदै कारोबार गर्ने कारोबारीलाई अपराध मुद्दा लाग्ने चीनको चेतावनी छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया