Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको आर्थिक वृद्धिदर घट्ने गोल्डम्यान स्याकको प्रक्षेपण

चीनको आर्थिक वृद्धिदर घट्ने गोल्डम्यान स्याकको प्रक्षेपण


बेइजिङ । ऊर्जा आपूर्तिमा समस्या अर्थात् पावर आउटेजका कारण चीनको आर्थिक वृद्धिदरमा असर पुग्ने अनुमान प्रक्षेपण गरिएको छ । चर्चित बैंक गोल्डम्यान स्याकले ऊर्जा अभावका कारण देशकै आर्थिक वृद्धिदर अघिल्लो अनुमानभन्दा कम हुने जनाएको छ ।

बैंकले विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिदर यो वर्ष ८.२ प्रतिशत हुने अनुमान गरेकामा त्यसलाई ७.८ प्रतिशतमा झारिएको हो । बैंकका अनुसार पावर आउटेजले औद्योगिक नतिजामा मुख्य असर गरेको छ । यसले चीनको ४४ प्रतिशत औद्योगिक गतिविधि प्रभावित भएको अनुमान बैंकले गरेको बीबीसीले जनाएको छ ।

वातावरणीय नियन्त्रण, कसिलो आपूर्ति र मूल्यवृद्धिका कारण पावर सप्लाई प्रभावित हुँदा केही कारखाना र घरहरु विद्युत्विहीन बनेका छन् । बितेकाा हप्तामा खासगरी उत्पादकहरुलाई ऊर्जा अभावले दख्खल पु-याएको बताइएको छ । उत्तरी चीनको टियान्जिनमा बिजुली अभाव भएको छ । यो हप्ताको अन्त्यसम्म पनि यसको असर देखिनेछ । चीन बिजुलीका लागि कोइलामा धेरै निर्भर रहेको छ । जापानको फाइनान्स कम्पनी नोमुरा, वालस्ट्रिट इन्भेष्टमेन्ट बैंक मोर्गान स्ट्यान्ले र चाइनाा इन्टरनेशनल क्यापिटल कर्पोरेसनले पनि आर्थिक वृद्धिदरको अनुमान घटाएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया