खोप लगाएका पर्यटकले श्रीलंका जान पीसीआर परीक्षण गर्नु नपर्ने
कोलम्बो । श्रीलंकाकाले अन्तर्राष्ट्रिय विमानस्थलमा भएर भित्रिने पर्यटकका लागि यसपहिले अनिवार्य गरेको पीसीआर परीक्षणसम्बन्धी प्रावधानलाई हटाउने निर्णय गरेको छ ।
स्वास्थ्यमन्त्री कहेल्या रामबुकवेलाले बन्दरानाइकेका अनुसार पूर्ण खोप लगाइएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी संक्रमण पुष्टि नभएको रिपोर्ट लिएर ७२ घण्टाभित्र स्वदेश आउने पर्यटकले अनिवार्य पीसीआर परीक्षण गर्नु नपर्ने भएको श्रीलंकाका स्वास्थ्यमन्त्री कहेल्या रामबुकवेलाले बुधबार बताइन् ।
उनले भनिन्, ‘पर्यटकले आगमनभन्दा दुई हप्ता अगाडि कोभिड–१९ विरूद्धको दोस्रो मात्रा खोप लगाएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी ७२ घण्टा ननाघेको भएमा श्रीलंकामा आएर पीसीआर गराउनु अनिवार्य हुने छैन ।’
‘प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ४० लाखभन्दा बढी मानिसहरूलाई रोजगार दिएको श्रीलंका आफ्नो मुनाफादायी पर्यटन उद्योगलाई सुदृढ पार्न पर्यटकहरूका लागि देश पुनः खोल्न तयार छ’, उनले भनिन् । अधिकारीहरूका अनुसार श्रीलंकाले पूर्ण खोप लगाइएका यात्रुहरू यस देशमा यात्रा गर्न सहज बनाउन र पर्यटक आगमन र विदेशी मुद्रा आर्जनलाई बढाउन काभिड–१९ का विभिन्न प्रतिबन्धहरू कम गर्ने प्रयास गरिरहेको छ ।
जेठ २१ गते बाट सीमाक्षेत्र पुनः खोलेदेखि श्रीलंकाले यस वर्षको पहिलो आठ महिनामा २४ हजार तीन सय ३७ पर्यटक आगमन भएको रेकर्ड गरेको छ ।
आधिकारिक तथ्यांकअनुसार कोभिड–१९ महामारीको तेस्रो लहर चलिरहेको भए पनि पर्यटकहरूको आगमन जुलाईदेखि एक सय सात प्रतिशतले बढेको छ ।
अगस्त महिनामा कूल पाँच हजार ४० विदेशी पर्यटक स्वदेश भित्रिएका र तीमध्ये अधिकांश चीन, यूरोप, संयुक्त राज्य अमेरिकाबाट आएका हुन् । गत वर्ष मार्चदेखि श्रीलंकामा कुल पाँच लाख १५ हजार पाँच ससय २४ व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ भने १२ हजार सात सय ८६ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया