Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअस्ट्रेलियामा आँधी

अस्ट्रेलियामा आँधी


सिडनी । बिहीबार सिड्नीको पश्चिमी ग्रामीण क्षेत्रमा आएको आँधीले घर र बिजुली आपूर्तिमा क्षति पु-याएको छ । मौसम विज्ञान ब्युरोका अनुसार आँधी अस्ट्रेलियाको सबैभन्दा ठूलो सहरको पश्चिममा विकसित टोर्नाडोले बाथर्रस्ट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। त्यहाँका घर, बिजुली आपूर्ति र रूखहरूमा व्यापक क्षति पुगेको समाचारहरू प्राप्त भएका छन् ।

समाचारअनुसार २५ देखि ३० किलोमिटरसम्मका आपूर्ति लाइनहरूमा व्यापाक क्षति पुगेको छ । त्यो क्षेत्रमा चट्याङ् आउनसक्ने हुनाले सतर्क रहन समेत आग्रह गरिएको छ । यस किसिमका टोर्नाडो आउनु अष्ट्रेलियामा सामान्यजस्तै भए पनि क्षति भने कमै हुने गर्छ । यसैबीच न्यु साउथ वेल्सको आपत्कालीन सेवा विभागले उच्च जोखिमका क्षेत्रमा सचेत रहन आग्रह गरेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया