Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतलाई तालिबानले भन्यो– हवाइ उडान सुरु गर

भारतलाई तालिबानले भन्यो– हवाइ उडान सुरु गर


काबुल । अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइआएको हवाइ उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ । तालिबान सरकारका एक जना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाइ उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् ।

यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडानहरु बन्द गरेको थियो ।

तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाइ उडानहरु रोकेका थिए । तर पाकिस्तानले भने केही दिन अघिदेखि इस्लामावाद काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ । भारतजस्तै अरु कतिपय देशहरुले अहिले पनि उडान पुनः सञ्चालनमा ल्याएका छैनन् । (रासस/सिन्ह्वा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया