Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा टेस्लाले हा-यो मुद्दा

चीनमा टेस्लाले हा-यो मुद्दा


बेइजिङ । एक चिनियाँ ड्राइभरले टेस्ला इन्कविरुद्ध हालेको मुद्दामा सफलता पाएका छन् । सेकेन्ड ह्यान्ड मोडल एस कार किन्दा धोखा भएको भन्दै मुद्दा हालेका थिए । यसले महत्वपूर्ण विद्युतीय कार बजारमा अर्बपति एलन मस्कलाई गम्भीर धक्का लागेको बताइएको छ ।

बेइजिङको एउटा अदालतले टेस्लाले कारको कन्डिसनको गलत प्रस्तुति गरेको ठहर गरेको हो । उक्त कार हान चाओ नामका ग्राहकले टेस्लाकै प्रयोगग भइसकेका कार बिक्री हुने आधिकारिक ठाउँबाट ५८ हजार सात सय अमेरिकी डलरमा खरिद गरेका थिए । उक्त कार अघिल्लो दुर्घटनापछि धेरै पटक मर्मत गरिएको अदालतले गरेको फैसलामा उल्लेख रहेको बताइएको छ ।

फैसलामा टेस्लाको प्रतिरक्षालाई अदालतले अस्वीकार गरेको छ । कारधनीलाई किन्दाको पूरै रकम फिर्ता गर्न समेत अदालतले भनेको बताइएको छ । किनेको मूल्यको तीन गुणा बढी क्षतिपूर्ति समेत तिर्न भनिएको बताइएको छ । यो सबै गर्दा टेस्लाले ती व्यक्तिलाई १५ लाख चिनियाँ युआन बुझाउनुपर्ने भएको छ । टेस्लाले पाएको यो सजाय अहिलेसम्मकै ठूलो हो । योसँगै टेस्लाको सेयर मूल्यमा शून्य दशमलव छ प्रतिशत गिरावट आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया