कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण भएको कम्पनीको दाबी
अमेरिका । अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दावी गरेको छ ।
एपीका अनुसार मोल्नुपिरभिर नामक सो खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम अन्त्यन्न सकारात्मक रहेको उत्पादक कम्पनी मर्कले जनाएको छ । मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो । परिणाम उत्साहजनक भएकाले बाह्य अनुगमनकर्ताहरूले परीक्षणकाल छोट्याउन अनुरोध गरेको सो कम्पनीले जनाएको छ ।
मर्कले अमेरिकामा अबको दुई हप्तामा आपतकालीन प्रयोगका लागि अनुमति लिन निवेदन दिने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले परिणाम असाध्यै राम्रो समाचार भएको टिप्पणी गरेका छन् । उनले अमेरिकी खाद्य तथा औषधि नियामक निकाय एफडीएले त्यो तथ्यांक समीक्षा नगरेसम्म भने सावधानी अपनाउन आग्रह गरे ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया