Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअष्ट्रेलियाले जारी सीमा प्रतिबन्ध सहज बनाउने

अष्ट्रेलियाले जारी सीमा प्रतिबन्ध सहज बनाउने


ब्रिसबेन । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तरराष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गरेका छन् । मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट सुरू हुनेछ र ८० प्रतिशत खोप लगाइएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को महिनादेखि खुला रहनेछ । पूर्णरूपमा खोप लगाइएका अष्ट्रेलियालीहरू र वेल्समा आउने स्थायी बासिन्दाहरू होटलमा महंगो क्वारेन्टाइन बसाइको सट्टा एक हप्ताको लागि घरमै क्वारेन्टाइनमा बस्नसक्ने व्यवस्था मिलाइएको समाचार माध्यमले जनाएका छन् । पूरै खोप लगाएका अष्ट्रेलियालीहरूलाई व्यावसायिक उडानमार्फत आवतजावत खुला गरिनेछ ।

गत वर्ष मार्च २० मा अस्ट्रेलियाले कोरोनाभाइरस महामारीलाई मध्यनजर गर्दै विश्वको सबैभन्दा कडा प्रकारको सीमा प्रतिबन्ध लगाएको थियो जसबाट १८ महिनासम्म सीमा नाकाहरू बन्द गरिएका छन् । प्रधानमन्त्री मोरिसनका अनुसार सरकारले न्युजिल्यान्ड जस्ता केही देशहरूबीच क्वारेन्टाइनमा बस्न नपर्ने गरी यात्रा सहज गर्ने बारे उचित समयमा निर्णय लिनेछ । सरकारले जनताको सुरक्षाका निम्ति यथासम्भव प्रयत्न गरेको छ पूर्ण सुरक्षाको प्रत्याभूति दिलाएको छ । १२ वर्षभन्दा कम उमेर समूह र चिकित्सकीय परामर्शममा रहेका बाहेक सबैले यात्राका निम्ति पूर्णरूपमा पूरै मात्रा खोप लगाएको हुनुपर्ने प्रधानमन्त्री मोरिसनले बताएका छन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया