माग बलियो हुँदा पनि अमेरिकामा घट्यो नयाँ कार बिक्री
वासिङटन । अमेरिकामा पछिल्लो तीन महिनामा नयाँ कार बिक्री ह्वात्तै घटेको छ । बजारमा माग बढ्दा समेत कार बिक्री घटेको बताइएको छ । यसको प्रमुख कारण भने कम्प्युटर चिप्स र अन्य आपूर्ति प्रणालीगत समस्यालाई लिइएको छ ।
अटो फ्याक्ट्री बन्द हुँदा सवारीसाधन आपूर्तिमा समस्या निम्त्याएको थियो । जनरल मोटर्सले निरन्तर बिक्री घटेको बताइरहेको छ । त्यस्तै फियाट क्राइस्लर र फ्रान्सको पीएसए ग्रुपबीचको मर्जरपछि बनेको स्टेलान्टिसको पनि वर्षगत तुलनामा १९ प्रतिशतले कार बिक्री घटेको छ । महामारीअघिको बिक्रीसँग तुलना गर्दा यस्तो दर २७ प्रतिशत छ ।
यता टोयोटा र लेक्सस बिक्री गर्ने टोयोटा मोटरको तेस्रो त्रैमासिक बिक्री १.४ प्रतिशतले बढे पनि तीन महिनाको कुल बिक्री सेप्टेम्बरमा २२ प्रतिशतले घटेको बताइएको छ । अन्य कम्पनीको तुलनामा टोयोटाको सप्लाई चेनमा खासै धेरै समस्या नआएको उल्लेख गरिएको छ । सबैजसो कम्पनीले सेमिकन्डक्टर आपूर्तिमा आएको समस्यालाई बिक्री घट्नुको कारण औँल्याएका छन् ।
सवारीसाधनको अभावले नयाँ र प्रयोग भइसकेका कारहरुको मूल्य यो वर्ष उच्च हुनपुगेको बताइएको छ । कम्प्युटर चिपको अभाव सबैभन्दा ठूलो समस्या भएको बताइएको छ । जीएमले यही वर्षको अन्तिम तीन महिनामा यसमा सुधार हुने अपेक्षा गरेको छ । यही वर्षको सुरुतिर अटोमेकरले अब यसमा सुधार हुने अपेक्षा गरेका थिए । जीएमले त उत्तर अमेरिकी प्लान्टहरुमा अस्थायी रुपमा उत्पादन नै कटौती गर्नुपरेको थियो ।
महामारी सुरु भएको केही हप्तामै चिप्स अभाव देखिनथालेको थियो । यही वर्षको मध्यतिर अटोमेकरहरुले चिप्स आपूर्ति बढ्ने अनुमान गरेका थिए । तर यही बेला चिप्स बन्ने देशहरुमा कोरोना बौरियो । यसले गर्दा पनि फेरि चिप्स प्लान्ट बन्द हुनपुगे ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- म्यानचेस्टर युनाइटेड खरिद गर्न इच्छुक छन् बेलायती अर्बपति जिम
- चीनसँग तनावका बीच अमेरिकाले ताइवानसँग औपचारिक व्यापार वार्ता गर्ने
- श्रीलंकाको आर्थिक संकुचन आठ प्रतिशतले बढ्ने
- युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक
- माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण
- एनएमबी म्युचुअल फन्डअन्तर्गतको म्युचुअल फन्ड योजनाहरूको विवरण सार्वजनिक
- सनराइज बैंकको अफरै अफरले भरिएको भाद्र
- कामना सेवा विकास बैंकको ‘मर्चेन्ट बोनस योजना’
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया