Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाली अर्थतन्त्रलाई पुनर्जीवन दिने प्रयास

श्रीलंकाली अर्थतन्त्रलाई पुनर्जीवन दिने प्रयास

गभर्नरले सार्वजनिक गरे छ महिने रोडम्याप


कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंक (सीबीएसएल) का नवनियुक्त गभर्नर अजिथ निवार्द काबरालले शुक्रबार अनलाइन प्रस्तुतिमा देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न छ महिने रोडम्याप सार्वजनिक गरेका छन् । सरकारले निर्यातकर्तालाई आफ्नो डलरको राजस्व अनिवार्य रुपमा रुपान्तरण गर्ने नियमलाई बलियो बनाउने काबरालले बताए । उनले आफ्नो नाफा फिर्ता नलिने र रूपान्तरण नगर्ने निर्यातकर्तामाथि दोहोरो कर लगाउन सरकारलाई अनुरोध गर्ने बताए ।

विदेशी मुद्रा लेनदेनको राम्रो अनुगमन गर्न सीबीएसएलले अन्तर्राष्ट्रिय लेनदेन रिपोर्टिङ सिस्टम (आईटीआरएस) स्थापना गर्ने पनि उनले बताए । क्याबरालले इलेक्ट्रोनिक्स र पोसाकजस्ता गैर–आवश्यक आयातमा लगाइएको शतप्रतिशत नगद सीमा कम गर्ने घोषणा पनि गरेका छन् । यसैबीच, श्रीलंकामा जनवरी २०२२ मा बाहिरी लगानी र आवागमनको सीमा पूर्णरूपमा हट्ने बताइएको छ । उनले भने, ‘कोभिड–१९ महामारीको दौडान गरिएको मौद्रिक उत्तेजना विस्तारै स्वाभाविक हुनेछ र सरकारले आफ्नो सार्वभौमिक रेटिङ सुधार गर्न प्रयास गर्नेछ ।’

उनले वित्तीय कम्पनीहरूलाई निरुत्साहित र तरल अवस्थामा सययोग जारी रहने बताए । सरकारले २०२२ मा परिपक्व अन्तर्राष्ट्रिय सार्वभौम बन्डहरू (आईएसबी) फिर्ता लिने सोच रहेको पनि बताए । उनले आईएसबीको सट्टा सरकारी ऋण लिइने बताए । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया