अकस विवाद : अस्ट्रेलिया–युरोपको व्यापार छलफल पछि स-यो
सिडनी । अस्ट्रेलिया र युरोपेली संघबीच हुने भनिएको व्यापार वार्ता सरेको छ । अकस सुरक्षा साझेदारीले फ्रान्ससँग विवावद बढिरहेका बेला युरोपसँगको व्यापारिक वार्ता स्थगित भएको हो । गत महिना क्यानबेराले फ्रान्ससँगको २७ अर्ब अमेरिकी डलरको सबमरिन पानीजहाज बनाउने सम्झौता रद्द गरेपछि विवाद बढ्दै गएको छ । फ्रान्ससँगको सम्झौता रद्द गरेको अस्ट्रेलियाले अमेरिका र बेलायती प्रविधिको आणविक सबमरिन आठवटा बनाउने नयाँ सम्झौता गरेको हो ।
यो निर्णयले पेरिसलाई भने आक्रोशित बनाएको छ । उसले यो सम्झौतालाई अमेरिका र अस्ट्रेलियाले पछिल्तिर चक्कु हानेको आरोप लगाएको छ । अकस सम्झौतासँगै फ्रान्सले तत्कालै आफ्ना राजदूतहरुलाई क्यानबेरा र वासिङटनबाट फिर्ता बोलाएको थियो । अमेरिकाका लागि आफ्ना राजदूत फेरि वासिङटन फर्किने बताए पनि क्यानबेरामा के हुने अझै खुलिसकेको छैन । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डर लियनले यसअघि अस्ट्रेलियासँगको व्यापार सम्झौतामा प्रश्न उठाउँदै फ्रान्सको पक्ष लिएकी थिइन् । तर शुक्रबार आयोगका प्रवक्ताले भने कसैलाई पनि दण्डित नगर्ने बताएका छन् । उनले व्यापार छलफल ढिला भए पनि यो अझै राम्रो सम्झौताका लागि भएको उनले बताएका छन् ।
यता अस्ट्रेलियाका व्यापारमन्त्री डान तेहानले यसबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । अर्को चरणको छलफल १२ अक्टोबरदेखि हुने गरी मिति तोकिए पनि सारिएको हो । उनले ईयूका समकक्षीसँग अर्को हप्ता यसबारे छलफल गर्ने र नोभेम्बरमा हुनसक्ने बताए । गत जुनमा पछिल्लो छलफल भएको थियो । युरोपसँग अस्ट्रेलियाले स्वतन्त्र व्यापार सम्झौता गर्नलागेको हो । यसमा व्यापार, लगानी र बौद्धिक सम्पत्तिको अधिकारलगायतका मुद्दाहरु रहेका छन् । ईयू अस्ट्रेलियाको तेस्रो ठूलो व्यापार साझेदार हो । गत वर्ष यी दुईबीच ७२ अर्बको लेनदेन भएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया