आफ्नो ट्विटर खाताको निलम्बन फुकुवा गर्न माग गर्दै ट्रम्पले अदालत गुहारे
अमेरिका । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका संघीय न्यायाधीशलाई आफ्नो ट्विटरखाता पुनस्र्थापित गर्न ट्विटर कम्पनीलाई आदेश दिन आग्रह गरेका छन् । ट्रम्पको ट्विटर कम्पनीले गत जनवरीमा अमेरिकी राजधानीमा भड्केको ठूलो हिंसापछि निलम्बन गरेको थियो ।
ट्रम्पका वकिलले शुक्रबार मियामीको जिल्ला अदालतमा ट्विटर र यसका सीईओ ज्याक डोर्सीका विरूद्ध प्रारम्भिक निषेधाज्ञा माग गर्दै एक प्रस्ताव दायर गरेका छन् । प्रस्ताव दर्ता गर्दै उनीहरूले ट्विटरले ट्रम्पको प्रारम्भिक संशोधनको अधिकारलाई समेत उल्लंघन गरेको बताएका छन् ।
यद्यपि ट्विटरले ट्रम्पको फाइलिंगमा शनिबार टिप्पणी गर्न भने अस्वीकार गरेको छ । जो बाइडेन राष्ट्रपति विजय भएपछि त्यसलाई प्रमाणित गर्नबाट काँग्रेसलाई रोक्नका लागि उनका अनुयायीहरूले हिंसात्मकरूपले क्यापिटल भवनमा आक्रमण गरेपछि कम्पनीले ट्रम्पलाई आफ्नो प्लेटफर्मबाट स्थायीरूपमा प्रतिबन्ध लगाएकोथियो । ट्विटरका माध्यमबाट ट्रम्पले थप हिंसा भड्काउने आकलन गर्दै कम्पनीले उनको खातामा प्रतिबन्ध लगाएको जनाएको छ । प्रतिबन्धअघि ट्रम्पको ट्विटरमा करीब ९ करोड ८० लाख फलोअर्स थिए ।
ट्रम्पले सामाजिक सञ्जालको माध्यमबाट थप हिंसा भड्काउने सम्भावनालाई मूल्यांकन गर्दै फेसबुक र गुगलको युट्युबबाट समेत निलम्बन गरिएको थियो । फेसबुकको प्रतिबन्ध २०२३ जनबरीसम्म कायम रहनेछ र त्यसपछि कम्पनीले उनको निलम्बनको समीक्षा गर्नेछ भने यता युट्युबको प्रतिबन्ध भने अनिश्चित छ । जुलाईमा ट्रम्पले फ्लोरिडाको दक्षिणी जिल्लाका तीनवटा प्रविधि कम्पनीहरू र त्यसका सीईओविरुद्ध आफू र आफ्ना समर्थकलाई गलत तरिकाले निषेध गरिएको दाबी गर्दै अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया