Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियतेस्रो त्रैमासिकमा बढ्यो टेस्लाको उत्पादन

तेस्रो त्रैमासिकमा बढ्यो टेस्लाको उत्पादन


अमेरिका । यो वर्ष तेस्रो त्रैमासिकमा विद्युतीय कार कम्पनी टेस्लाको उत्पादन बढेको छ । कम्पनीले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा दुई लाख ३७ हजार आठ सय २३ वटा कार उत्पादन गरेको हो । उसले सोही अवधिमा दुई लाख ४१ हजार तीन सयवटा कार डेलिभरी समेत गरेको जनाएको छ ।

यो भनेको एक वर्षअघिको भन्दा झण्डै दोब्बर हो । सन् २०२० को यही अवधिमा कम्पनीले एक लाख ४५ हजार ३६ वटाा उत्पादन गरेको थियो भने एक लाख ३९ हजार तीन सयवटा बिक्री गरेको थियो । अहिले उत्पादन वृद्धि दर नै ६४ प्रतिशत रहेको सीएनएनले जनाएको छ । साथै यसले सन् २०२१ मा कम्पनीको आम्दानी पनि निकै बलियो हुने देखिएको छ । यो तथ्यांकले विश्वका अटो कम्पनीले झेलिरहेको चिप्स अभाव र आपूर्तिको असहजतालाई टेस्लाले भने केही किनारा लगाउन सकेको रुपमा हेरिएको छ । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया