Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बनायो कीर्तिमान

भारतमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बनायो कीर्तिमान


नयाँ दिल्ली । भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतबार फेरि पेट्रोल र डिजेलको मूल्य बढाइएको बताइएको छ । आइतबार पेट्रोल २५ पैसा भारु र डिजेलमा ३० पैसा भारु वृद्धि भएको थियो । योसँगै दिल्लीमा पेट्रोल १ लिटरको मूल्य १०२.३९ भारु र मुम्बईमा १०८.४३ भारु पुगेको छ । यता डिजेल पनि आकाशिएको छ । यसअनुसार दिल्लीमा प्रतिलिटर ९०.७७ भारु र मुम्बईमा ९८.४८ भारु पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

भारतमा राज्यले लगाउने करलगायत कारण फरक फरक मूल्य पर्छ । भारतले क्रुड आयल खरिद गरी आफैँ प्रशोधित गरी इन्धन बिक्री गर्छ । अन्तर्राष्ट्रिय बजारको असर भारतमा देखिनथालेको भारतीय मिडियाले जनाएका छन् । खासगरी कच्चा तेल महंगिँदा घरेलु बजारमा मूल्यवृद्धि भएको हो । अहिले कच्चा तेल प्रतिब्यारेल ८० अमेरिकी डलर आसपास रहेको छ ।

भारतमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लगातार चौथो दिन हो । यो भनेको पछिल्ला पाँच दिनयता प्रतिलिटर १.२० भारुको बढोत्तरी हो । गत मंगलबारदेखि भारतमा इन्धनको मूल्यवृद्धि सुरु भएको थियो । बुधबार मूल्य नबढे पनि त्यसयता बढिरहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया