फ्रान्सको चर्चमा २ लाख बढी बालबालिका यौन उत्पीडनमा परेको खुलासा
पेरिस । सन् १९५० यता फ्रेन्च क्याथोलिक चर्चका पादरीहरुले दुई लाख १६ हजार बालबालिकामाथि यौन उत्पीडन गरेको खुलासा भएको छ ।
भर्खरै भएको एक अनुसन्धानले गरेको खुलासाअनुसार उत्पीडनमा पर्नेमा धेरैजसो बालकहरु छन् । उक्त उत्पीडनमा २९ सयदेखि ३२ सयसम्म उत्पीडनकारी पादरीको संलग्नता भेटिएको छ । उत्पीडनमा परेकामाथि पनि चर्चले कडा विभेदपूर्ण व्यवहार गरेको बीबीसीले समाचारमा जनाएको छ ।
भ्याटिकन सिटीले नयाँ खुलासाबारे दुःख व्यक्त गरेको बताइएको छ । उत्पीडनमा परेकाहरुको एसोसिएसन ला परोले लिबिरीले चर्चमा विश्वासघात, नैतिक संकट र बालबालिकामाथि अन्याय भएको बताएका छन् ।
उक्त अनुसन्धानले यसरी उत्पीडनमा पर्ने बालबालिकाको संख्या फ्रान्समा तीन लाख ३० हजार पुग्नसक्ने देखाएको छ । चर्चका शिक्षक र पादरीबाट यस्तो उत्पीडन भएको बताइएको छ । क्याथोलिक चर्च र यसका अधिकारीविरुद्ध उत्पीडनका उजुरीहरु धेरै आउने गर्छन् । सन् २०१८ मा फ्रेन्च क्याथोलिक चर्चले स्वतन्त्र जाँचको लागि टोली गठन गरेको थियो । यही टोलीले साढे दुई वर्ष लगाएर अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया