Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्व न्यूनतम कर प्रावधानको निष्कर्षनजिक भारत

विश्व न्यूनतम कर प्रावधानको निष्कर्षनजिक भारत


नयाँ दिल्ली । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले विश्व न्यूनतम करका प्रावधानको निष्कर्षनजिक पुगेको बताएकी छिन् । जी २० राष्ट्रहरुमा भएको यससम्बन्धी विभिन्न प्रावधानलाई लिएर गरेको तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

गत जुलाईमा कुल एक सय ३० देशले विश्व न्यूनतम कर निर्धारणको लागि सहमति जनाएका थिए । खासगरी बहुराष्ट्रिय कम्पनीलाई जुनै देशमा व्यवसाय गरे पनि १५ प्रतिशत न्यूनतम कर भुक्तानी गराउने उद्देश्यले यसको प्रस्ताव गरिएको थियो ।

भारतीय वित्त मन्त्रालयले यसका केही प्रावधान टुंग्याउन बाँकी छ । लाभ र हिस्सासम्बन्धी यी मुद्दा हल हुनेबित्तिकै प्रस्तावको निष्कर्षमा भारत पुग्नेछ । त्यसपछि यही अक्टोबरसम्म आमसहमतिपछि सम्झौता हुनसक्नेछ ।

प्रस्तावित व्यवस्था दुई मुख्य मुद्दाबारे छ । एउटा बजारको अधिकार क्षेत्रमा लाभबाहेक अन्य हिस्सा पुनः वितरण र अर्को न्यूनतम कर रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया