Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटेस्लाले पूर्वकर्मचारीलाई १३ करोड ७० लाख डलर तिर्नुपर्ने

टेस्लाले पूर्वकर्मचारीलाई १३ करोड ७० लाख डलर तिर्नुपर्ने


अमेरिका । विद्युतीय कारनिर्माता टेस्लाले पूर्वकर्मचारीविरुद्ध भएको जातीय भेदभाव रोक्न नसकेको भन्दै एक अदालतले क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको छ । पूर्व अश्वेत कर्मचारीमाथि भएको विभेद नरोकेको कारण १३ करोड ७० लाख अमेरिकी डलर तिर्न टेस्लालाई अदालतले आदेश दिएको हो । लिफ्ट अपरेटर ओवन डियाज नामका ती पूर्वकर्मचारीलाई सन् २०१५ देखि २०१६ सम्म विभेद सहनुपरेको सन् फ्रान्सिस्कोको संघीय अदालतले ठहर गरेको हो ।

कारखानामा अश्वेत कर्मचारीले सधैँ जातीय विभेदकारी शब्दहरु सुन्नुपरेको ती कर्मचारीको भनाइ छ । टेस्लाले अदालतको आदेशलाई आलोचना गरे पनि आफू पनि यस मामिलामा पूर्ण हुन नसकेको टिप्पणी गरेको छ । टेस्लाको फ्रिमन्ट कारखानामा यस्तो विभेद भएको बताइएको छ । मुद्दाकर्ता ती पूर्वकर्मचारीका अनुसार सहकर्मीहरुले दिनहुँ यस्ता शब्द प्रयोग गर्थे । सुपरभाइजरहरुसम्मलाई यसबारे भने पनि टेस्लाले उपयुक्त कदम नचालेको अदालतले आदेशमा भनेको छ ।

अदालतले सोमबार यस्तो फैसला गरेको थियो । जसमा डियाजलाई १३ करोड क्षतिपूर्ति र ६९ लाख डलर मानसिक तनाव सहनुपरेको कारण कम्पनीले तिर्नुपर्ने अदालतले भनेको छ । ती पूर्वकर्मचारीका वकिलहरुले यो आदेशसँगै कारखानाहरुमा हुने विभेदपूर्ण व्यवहार सुध्रिने अपेक्षा गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया