Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचार दशमलव आठ प्रतिशत अमेरिकी नागरिक अझै बेरोजगार

चार दशमलव आठ प्रतिशत अमेरिकी नागरिक अझै बेरोजगार


वासिङटन । गत महिना सेप्टेम्बरमा अमेरिकामा झण्डै दुई लाख नयाँ रोजगारी सिर्जना भएको छ । सरकारले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार सेप्टेम्बरमा एक लाख ९४ हजार अमेरिकीले रोजगारी पाएका हुन् ।

पछिल्लो समय कोरोनाको डेल्टा भेरिएन्ट फेरि फैलिन थाल्दा रोजगारीबारेको नयाँ रिपोर्ट सार्वजनिक भएको हो । बेरोजगारी दर भने अगस्टमा ५.२ प्रतिशत रहेकोमा सेप्टेम्बरमा ४.८ प्रतिशतमा झरेको छ । आतिथ्य, खुद्रा र यातायात क्षेत्रमा रोजगारी सिर्जना उत्साहप्रद रहेको बताइएको छ । तर शिक्षा क्षेत्रमा रोजगारी सिर्जनाको अवस्था खस्केको द यूएस ब्युरो अफ लेबर स्टाटिस्टिक्सले जनाएको छ ।

यसका बाबजुद अमेरिकामा अझै ७७ लाख मानिस कामविहीन छन् । यो संख्या महामारीअघिको अवस्थाभन्दा धेरै रहेको बताइएको छ । श्रम बजारमा मानिसहरुको सहभागिता दरमा पनि थोरै मात्र परिवर्तन देखिएको छ । यस्तो ६१.६ प्रतिशत रहेको छ । यसले रोजगारी गुमाएका मानिसहरु अझै काममा फर्किन बाँकी रहेको देखिएको छ ।

अर्थशास्त्रीहरुले भने पाँच लाख रोजगारी सिर्जना हुने अनुमान गरेका थिए । विज्ञहरुले रोजगारी सिर्जनामा डेल्टा भाइरस संक्रमणको असर देखिएको बतााएका छन् । अमेरिकी केन्द्रीय बैंकले कोरोना महामारीका बेला दिएको राहत बन्द गर्नेबारे सोचिरहेका बेला यस्तो रिपोर्ट सार्वजनिक भएको छ ।

सन् २०२० मा अमेरिकी अर्थतन्त्रमा ठूलै संकुचन आएको थियो । तर फेरि यो वर्षको पहिलो छ महिनामा लयमा फर्किनथालेको थियो । तर कोरोना लहर फर्किँदा अहिले फेरि असर पुग्ने देखिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया