Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटेस्लाले मुख्यालय क्यालिफोर्नियाबाट टेक्सस सार्ने

टेस्लाले मुख्यालय क्यालिफोर्नियाबाट टेक्सस सार्ने


अमेरिका । विद्युतीय कार निर्माता टेस्लाले अमेरिकास्थित आफ्नो मुख्यालय अर्को राज्यमा सार्ने घोषणा गरेको छ । कम्पनीका प्रमुख एलन मस्कले क्यालिफोर्नियाबाट टेक्ससमा मुख्यालय सार्नलागेको जानकारी दिएका हुन् ।

अस्टिनमा सेयर : धनीहरुसँगको वार्षिक बैठकमा प्रमुख कार्यकारी मस्कले यस्तो घोषणा गरेको बताइएको छ । क्यालिफोर्नियाका स्थानीय राजनीतिज्ञहरुसँगको विवादपछि अलामेदा काउन्टीमा रहेको मुख्य कारखानाको स्थान परिवर्तन गर्न लागिएको बुझिएको छ । यद्यपि उनले यसबारे धेरै कारण रहेको बताएका छन् । सेयरधनीहरुलाई फ्रिमन्टस्थित फ्याक्ट्री जाम भएको मस्कले बताएका थिए । यसबाहेक कारखानामा काम गर्नेलाई बसाइको समस्या भएको पनि उनले सेयरधनीसँग बताएको बुझिएको छ ।

गत मे महिनामा फ्रिमन्टको प्लान्ट बन्द गर्न स्थानीय सरकारी अधिकारीले टेस्लालाई निर्देशन दिएपछि मस्क रुष्ट हुँदै आएका थिए । हेडक्वार्टर सार्ने बताए पनि उनले क्यालिफोर्निया र नेवाडाको कारखानाबाट उत्पादन क्षमता ५० प्रतिशतले बढाउने बताएका थिए । त्यसो त टेक्सस रोज्ने टेस्ला एक्लो कम्पनी भने होइन । यसअघि सन् २०२० मा प्रविधि कम्पनी ओरेकलले पनि सिलिकन भ्यालीबाट अस्टिन सर्ने घोषणा गरेको थियो । यसबाहेक प्रविधि कम्पनी एचपी, कार निर्माता टोयोटाले पनि क्यालिफोर्नियाबाट टेक्सस सरेका थिए ।

क्यालिफोर्निया राज्यमा कडा श्रम कानुन रहेको छ भने बसाइ लागत र कर पनि बढी नै छ । अन्य राज्यमा भने यस्तो छैन । टेक्ससमा भने यी दुवै कुरा सस्तो र खुकुलो रहेका कारण कम्पनीको पहिलो रोजाइमा पर्ने गरेको छ । मस्क आफैँले समेत क्यालिफोर्नियाबाट आफ्नो निवास गत वर्षको अन्त्यतिर टेक्सस सारेका थिए । उनकै स्पेस एक्स रकेट कम्पनीले दक्षिणी टेक्ससमा प्रक्षेपण स्थल बनाएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया