Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअफ्रिकामा कोभिड संक्रमितको संख्या ८४ लाखभन्दा बढी

अफ्रिकामा कोभिड संक्रमितको संख्या ८४ लाखभन्दा बढी


जोहानेसबर्ग । अफ्रिकामा बुधबारसम्म पुष्टि भएका कोभिड संक्रमितको संख्या ८४ लाख ४५ हजार नौ सय १७ पुगेको रोग नियन्त्रण तथा रोकथामका लागि अफ्रिकी केन्द्र (अफ्रिका सीडीसी) ले जानकारी गराएको छ ।

अफ्रिकी संघको विशेष स्वास्थ्य सेवा निकायका अनुसार अफ्रिकामा महामारीबाट मृत्यु हुनेको संख्या २१ लाख छ हजार १३ पुगेको छ भने ७८ लाख २४ हजारभन्दा बढी कोभिड–१९ संक्रमित बिरामी निको भइसकेका छन् । दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया र इथियोपिया यस महाद्वीपमा कोभिड–१९ संक्रमणका हिसाबले सबैभन्दा धेरै प्रभावित मुलुकहरू हुन् ।

अफ्रिका महादेशभरमा अहिलेसम्ममा दक्षिण अफ्रिकामा सबैभन्दा बढी २९ लाख १७ हजार दुई सय ५५ संक्रमित भएको पुष्टि भएको छ भने उत्तरी अफ्रिकी मुलुक मोरक्को दक्षिण अफ्रिकापछि बढी प्रभावित मुलुक हो । मोरक्कोमा बुधबार दिउसोसम्ममा नौ लाख ४२ हजार सात सय ७९ व्यक्ति संक्रमित बनेका छन् । संक्रमणका हिसाबले दक्षिणी अफ्रिका कोभिडबाट सबैभन्दा बढी प्रभावित अफ्रिकी मुलुक हो भने त्यसपछि महाद्वीपको उत्तरी र पूर्वी क्षेत्रका देशमा कोभिड–१९ को महामारी बढी देखिएको सीडीसीले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया