Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशलाई चीनले फेरि दियो खोप

बंगलादेशलाई चीनले फेरि दियो खोप


ढाका । चीनले छिमेकी राष्ट्र बङ्गलादेशलाई कोरोनाभाइरस विरुद्धको खोप फेरि उपलब्ध गराएको छ । चीनमा बनाइएको सिनोभ्याक खोप चीनले उपलब्ध गराएको बङ्गलादेशका उच्च अधिकारीहरूले जानकारी गराएका हुन् ।

‘चिनियाँ सरकारले बङ्लादेश सरकारलाई अहिले पाँचौ चरणको खोप उपहार प्रदान गरेको छ, उस्ले पठाएको खोप मङ्गलबार बङ्लादेशको राजधानी ढाका आइपुगेको छ’, एक अधिकारीले भने ।

बङ्गलादेशस्थित चिनियाँ दूतावासले पनि आफ्नो देशबाट बङ्लादेशका लागि पाँचौ चरणको खोप आएको पुष्टि गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत दूतावासले सिनोभ्याक लाईफ साइन्स कर्पोरेसन लिमिटेडद्वारा उत्पादित खोप उपलब्ध गराइएको जनाएको छ ।

चीनले बङ्गलादेशलाई यसअघि गत मे, जुन र अगस्टमा सिनोफर्म खोप उपलब्ध गराएको थियो । छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्ध लड्न उच्च प्राथमिकताका साथ सहयोग गर्ने चिनियाँ रणनीति अनुसार चीनले बङ्लादेशलाई खोप उपलब्ध गराउदै आएको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया