Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एक अर्बभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइयो

भारतमा एक अर्बभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइयो


नयाँ दिल्ली । भारतमा एक अर्बभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले एक अर्बभन्दा धेरै जनतालाई खोप लगाउन सफल हुनु ठूलो उपलब्धि भएको बताउँदै छिट्टै सबै जनतालाई खोप उपलब्ध गराइने जानकारी दिएका छन् ।

मन्त्री गोयलले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उक्त अभियान सफल भएको बताउँदै लक्षित उमेर समूहका नागरिकलाई लगाउनका निम्ति यथेष्ट खोप मौज्दात रहेको जानकारी दिए । मन्त्री गोयलले प्रधानमन्त्री मोदीको प्रत्यक्ष निगरानी र उत्प्रेरणाले उक्त अभियानले छिटै ठूलो उपलब्धि प्राप्त गरेको विचार व्यक्त गरे ।

यसैगरी छोटो समयमै एक अर्बभन्दा बढी मानिसलाई खोप लगाउन सफल भएकामा प्रधानमन्त्री नरेन्द्र मोदीले चिकित्सक, नर्ससहित अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरूप्रति आधार व्यक्त गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया