Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहार्ले डेभिडसन बाइकको सेयर मूल्य घट्यो

हार्ले डेभिडसन बाइकको सेयर मूल्य घट्यो


 युरोप,  माघ १५
चर्चित मोटरसाइकल निर्माता हार्ले डेभिडसनको राजस्व अमेरिकामा ह्वात्तै घटेको छ । मंगलबार कम्पनीले जनाएअनुसार अमेरिकी खुद्रा बजारमा बिक्रीमा कमी आएसँगै सेयरबजारमा कम्पनीको सेयर समेत ह्वात्तै घटेको छ । कम्पनीका अनुसार मोटरसाइकल, पार्टपुर्जा र अन्य सामग्रीको बिक्री घटेको छ । विश्लेषकहरुले ती वस्तुको बिक्री अझै घट्ने अनुमान गरेका छन् । प्रिमार्केट व्यापारमा कम्पनीको सेयर ६.६ प्रतिशतले घटेर प्रतिकित्ता ३२.५५ डलरमा पुगेको छ । अमेरिका कम्पनीको मुख्य बजार हो । कुल बिक्रीको आधा हिस्सा अमेरिकाले नै ओगट्छ ।

पछिल्लो समय कम्पनीका बाइकको मागमा समेत कमी आएको बताइएको छ । सन् २०१९ मा कम्पनीले २ लाख १३ हजार ९ सय ३९ वटा बाइक डिलरलाई आपूर्ति गरेको थियो । विगत ५ वर्षयता कम्पनीको सेयर मूल्य ४४ प्रतिशतले घटेको छ । यद्यपि एसएण्डपी ५०० मा भने ६३ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष साढे ४ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो । सन् २०२० मा कम्पनीले ४ अर्ब ६६ करोड आम्दानी गर्ने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया