Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभ्रष्टाचार अनुसन्धानबारे एयरबसद्वारा सम्झौता

भ्रष्टाचार अनुसन्धानबारे एयरबसद्वारा सम्झौता


युरोप, माघ १५
युरोपेली विमान निर्माता एयरबसले फ्रान्स, बेलायत र अमेरिकी अधिकारीहरुसँग घुस र भ्रष्टाचारसम्बन्धी अनुसन्धानबारे सम्झौतामा पुगेको जनाएको छ । एक वक्तव्य जारी गर्दै कम्पनीले उक्त सम्झौता तीनै देशमा अदालतबाट अनुमोदन हुने जनाएको छ । एयरबसमाथि विमान बिक्रीमा मध्यस्थकर्ता प्रयोग गरेको आरोप रहेको छ ।

यद्यपि विस्तृतमा यसबारे तथ्यहरु सार्वजनिक भइसकेका छैनन् । तर समाचारहरुमा जनाइएअनुसार कम्पनीले ३ अर्ब युरो जरिवाना तिर्नुपर्ने देखिएको छ । दक्षिण पश्चिम फ्रन्सको टुलाउजमा रहेको कम्पनीले एक वक्तव्य जारी गर्दै तीनवटै देशसँग सम्झौतामा पुगेको जनाएको हो । बेलायतको सिरियस फ्रड अफिसले गत अगष्टमा कम्पनीविरुद्ध भ्रष्टाचार, धोकाधडी र घुसबारे अनुसन्धान सुरु गरेको थियो । विश्वभर १ लाख ३० हजार मानिसले कम्पनीका लागि काम गर्छन् । बेलायतमा एयरबसका १० हजार कर्मचारी रहेका छन् । त्यस्तै फ्रान्स र अमेरिकाले पनि कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया