Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारउत्तर चीनको रासायनिक भट्टी विस्फोट हुँदा ४ जनाको मृत्यु, ३ घाइते

उत्तर चीनको रासायनिक भट्टी विस्फोट हुँदा ४ जनाको मृत्यु, ३ घाइते


बेइजिङ । उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । उक्त विष्फोट राति ११ः०० बजे भएको थियो। अल्क्सा लिग (प्रिफेक्चर) को बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ ।

फर्मका कानुनी प्रतिनिधिलाई स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका छन् भने कम्पनीले उत्पादन रोकेको छ । दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय सरकारले छानबिन टोली गठन गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया