Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटेस्लाको नाफा र बिक्री उच्च

टेस्लाको नाफा र बिक्री उच्च


अमेरिका । विद्युतीय कार निर्माता टेस्लाको राजस्व संकलन यो वर्षको तेस्रो त्रैमासिकमा १३ अर्ब ७६ करोड अमेरिकी डलर पुगेको छ । १२ महिनाअघि राजस्व संकलन ८ अर्ब ७७ करोड अमेरिकी डलर थियो ।

अर्बपति उद्यमी एलन मस्कको कम्पनीले उक्त अवधिमा एक अर्ब ६० करोड डलर मुनाफा आर्जन गर्दा २ लाख ४१ हजार ३ सय ९१ वटा कार बिक्री गरेको छ । ‘हामीले अहिलेसम्मकै राम्रो आम्दानी गर्यौँ’, टेस्लाले भनेको छ । कम्पनीका अनुसार चीन नै मुख्य निर्यात बजार रहेको र फरक किसिमको ब्याट्री ल्याउने योजना रहेको छ ।

टेस्लाले नयाँ लिथियम आइरन फोस्फेट ब्याट्रीहरु परम्परागत ब्याट्रीभन्दा सस्तो हुने रोयटर्सले जनाएको छ । विश्लेषकहरुले यसले लागत खर्च घटाउन र पार्ट अभावको समस्यालाई सम्बोधन गर्न सक्नेछ । विश्वभर चिप अभावले कार उद्योगहरु प्रभावित भइरहेका बेला टेस्लाले त्यसलाई चिर्दै नाफा कमाउन सफल भएको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया