Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफक्सवागनका व्यवस्थापकलाई प्रमुख कार्यकारी बनाउँदै रेनो

फक्सवागनका व्यवस्थापकलाई प्रमुख कार्यकारी बनाउँदै रेनो


पेरिस, माघ १५
रेनोको बोर्ड बैठकले फक्सवागनका व्यवस्थापक लु्का डि मिओलाई प्रमुख कार्यकारी अधिकृत बनाउने भएको छ । स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार मंगलबार बस्ने बोर्ड बैठकले यससम्बन्धी प्रस्ताव पारित गर्नेछ । निओ इटालीमा जन्मेका कार्यकारी हुन् । उनले फक्सवागनको सिट ब्रान्ड हेर्दै आएका थिए । यही महिनाको सुरुमा उनले व्यवस्थापकीय भूमिका छोडेका थिए ।

यद्यपि उनले फ्रान्सको कार कम्पनीको जिम्मेवारी जुलाईसम्म सम्हाल्नेछैनन् । रेनोको सेयर सदस्य समेत रहेको फ्रेन्च सरकारले उनको समर्थन गरेको बुझिएको छ । उनको नियुक्तिसँगै जापानी कार निर्माता निसानसँगको सहकार्यलाई जोगाउने अपेक्षा गरिएको छ । रेनो र निसाको दुई दशक लामो सहकार्य यसअघि निसानका प्रमुख कार्लोस गोसनले हेर्दै आएका थिए ।

गोसन विभिन्न अभियोगमा जापानमा पक्राउ पर्दै धरौटीमा छुट्दै आएका थिए । हाल उनी जापानबाट लेबनान आइपुगेका छन् । उनीविरुद्ध वित्तीय अपराध गरेको भन्दै अहिले पनि जापानी अदालतमा मुद्दा विचाराधीन छ । युरोप, रुस र चीनमा रेनोको सवारीसाधन बिक्रीमा कमी आएको छ । रेनोमा मिओको आगमनले कम्पनीलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया