Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायतमा हुवावेलाई सीमित भूमिका

बेलायतमा हुवावेलाई सीमित भूमिका


लन्डन, माघ १५
हुवावेले बेलायतमा सीमित भूमिका पाउने भएको छ । हुवावेको फाइभजी नेटवर्कले राष्ट्रिय सुरक्षामा हानि पु-याउने भन्दै प्रयोग नगर्न अमेरिकाले लबिङ गर्दै आए पनि बेलायतले हुवावेलाई अनुमति दिने प्रतिबद्धता जनाएको हो । यद्यपि संवेदनशील पार्टपुर्जा आपूर्ति गर्न भने नपाउने बताइएको छ । नेटवर्कसँग सम्बन्धित ३५ प्रतिशत किट प्रयोगलाई भने बेलायतले अनुमति दिनेछ । तर हुवावेले सैनिक क्याम्प र आणविक भट्टीवरपर भने सेवा दिन पाउनेछैन ।

कम्पनीका बेलायत प्रमुख भिक्टोर झांगले बेलायतले कम्पनीलाई हाल गरिरहेको कामलाई निरन्तरताको लागि अनुमति दिने प्रतिबद्धता जनाएको एक वक्तव्यमा उल्लेख गरेका छन् । बीबीसीका अनुसार झांगले बेलायतमा काम गर्न पाउनु प्रतिस्पर्धी बजारसम्मको पहुँच पुग्ने बताए । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अमेरिका र आफ्नै पार्टीका सांसदबाट समेत हुवावेलाई अनुमति नदिने दबाब रहँदै आएको छ । बेलायतको उक्त निर्णयप्रति अमेरिकाले भने निराशा व्यक्त गरेको बीबीसीले जनाएको छ ।

हुवावेको फाइभजी नेटवर्कमाथि प्रतिबन्ध नलगाउन चीनले बेलायतलाई यसअघि नै चेतावनी दिँदै आएको थियो । बेलायतको निर्णयलाई महत्वका साथ हेरिएको छ । बेलायतका चारमध्ये तीनवटा मोबाइल नेटवर्कले यसअघि नै हुवावेको फाइभजी उत्पादन प्रयोग गर्ने निर्णय लिइसकेका छन् । बेलायतमा नोकिया, एरिक्सन, सामसुङ र जेटटीईले फाइभजी सामग्री आपूर्ति गरिरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया