Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानको राजधानीमा डेंगुको संक्रमण

पाकिस्तानको राजधानीमा डेंगुको संक्रमण


इस्लामावाद । पाकिस्तानको राजधानीमा डेंगुका घटनाहरू बढिरहेका पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् । आइतबारको २४ घण्टाको अवधिमा इस्लामावादमा एक सय ४६ थप बिरामीमा डेंगुको संक्रमण पुष्टि गरिएको छ भने यो अवधिमा एकको मृत्यु भएको एआरवाई न्युजले स्थानीय अधिकारीलाई उद्धृत गरी आइतबार जनाएको छ ।

संघीय राजधानीमा यो वर्ष अहिलेसम्म दुई हजार आठ सय ६७ जना डेंगुका कारण बिरामी परेका छन् भने ११ जनाको मृत्यु भएको छ । पाकिस्तानी अधिकारीले डेंगुको संक्रमण दर उच्च भन्दै आवश्यक सावधानी अपनाउन स्थानीय नागरिकलाई सचेत बनाएका छन् ।

पञ्जाबमा शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टाको अवधिमा डेंगुका पाँच सय ४६ नयाँ संक्रमण देखिएकाले शनिबारको तथ्यांक बढी देखिएको समाचारमा जनाइएको छ । लाहोरमा तीन सय ६१ डेंगु ज्वरोका बिरामी रहेको प्रान्तीय स्वास्थ्य सचिव इमरान सिकन्दर बालोचले बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया