Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफेसबुकको तीन महिनाको नाफा नौ अर्ब डलर

फेसबुकको तीन महिनाको नाफा नौ अर्ब डलर


अमेरिका । सामाजिक सञ्जाल फेसबुकले तेस्रो त्रैमासिक अवधिमा अनुमान गरिएभन्दा बढी नाफा आर्जन गरेको छ । पछिल्लो समय बाहिर सार्वजनिक भएका यसका कागजातका बीच कम्पनीले राम्रो मुनाफा आर्जन गर्न सकेको हो ।

सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा कम्पनीले नौ अर्ब अमेरिकी डलर नाफा कमाएको हो । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ७.८ अर्ब अमेरिकी डलर कमाएको थियो । पछिल्लो समय एप्पलको आईओएस १४ अपरेटिङ सिस्टममा अपडेट गरेसँगै फेसबुकमाथि दबाब परेको छ । एप्पलको उक्त कदमले ब्रान्डहरुलाई फेसबुकबाट लक्षित प्रयोगकर्तामाझ विज्ञापन गर्न कठिन हुनेछ । भर्खरैमात्र फेसबुककै पूर्वकर्मचारीले अनैतिक व्यवहार गर्ने गरेको खुलासा गरेकी थिइन् ।

फ्रान्सेस हजिनले फेसबुकको आन्तरिक कागजात समेत सार्वजनिक गरिदिएकी थिइन् । फेसबुकले प्रयोगकर्ताको सुरक्षालाई भन्दा नाफालाई जोड दिने गरेको उनको आरोप थियो । धेरै मिडियाहरुले उक्त कागजातबाट फेसबुकले अमेरिकाबााहिर घृणायुक्त भनाइ र सेक्स ट्राफिकिङलाई प्रवद्र्धन गरेको रिपोर्ट सार्वजनिक गरेका थिए ।

३० सेप्टेम्बरमा सकिएको १२ महिनामा कम्पनीले मासिक प्रयोगकर्ताको दर छ प्रतिशतले बढेर २.९१ अर्ब पुगेको बताएको छ । मुनाफा बढे पनि कम्पनीको कुल आम्दानीमा भने एप्पलको गोपनीयतासम्बन्धी नियमले असर गर्नसक्नेतर्फ फेसबुकको टाउको दुःखाइ भएको छ । फेसबुकले यसले डिजिटल व्यवसाय सबैमा असर पर्नसक्ने दाबी गरेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया