Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार२०२१ बेल्ट एण्ड रोड इन्टरनेशनल रेगाटा बेहाइमा आयोजना हुने

२०२१ बेल्ट एण्ड रोड इन्टरनेशनल रेगाटा बेहाइमा आयोजना हुने


चीन ।  सन् २०२१ बेल्ट एण्ड रोड इन्टरनेशनल रेगाटा दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको बेहाइमा नोभेम्बर ४ देखि १२ सम्म आयोजना हुने स्थानीय खेलकुद ब्यूरोले मङ्गलबार घोषणा गरेको छ ।

उक्त खेल (समुद्रमा खेलिने) मा चीन, संयुक्त राज्य अमेरिका, इटाली, जर्मनी र अन्य देश र क्षेत्रका एक सय २० भन्दा बढी उच्चस्तरीय नौकायन खेलाडीहरू सहभागी हुनेछन् । उक्त प्रतियोगितामा भाग लिने सम्पूर्ण विदेशी खेलाडीहरू चीनमा आइपुगिसकेका छन् ।

चीनको पुरातन सामुद्रिक सिल्क रोडको प्रस्थान गर्ने बन्दरगाह मध्येको एकको रूपमा बेहाइले हालैका वर्षहरूमा विभिन्न समुद्री खेलहरूलाई प्रवद्र्धन गर्ने प्रयास तीव्र पारेको छ । बेइबु खाडी र आसियान क्षेत्रहरूमा बेहाइलाई महत्त्वपूर्ण घटना केन्द्रको रूपमा निर्माण गर्ने प्रयास गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया