Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारडार्कसाइडबारे सूचना दिनेलाई अमेरिकाले १ करोड डलर दिने

डार्कसाइडबारे सूचना दिनेलाई अमेरिकाले १ करोड डलर दिने


वासिङटन । संयुक्त राज्य अमेरिकाले डार्कसाइड नामक ह्याकिङ ग्रुपबारे सूचना दिनेलाई १ करोड डलर पुरस्कार दिने प्रस्ताव गरेको छ । गत मे महिनामा डार्कसाइड -यान्समवेरले आक्रमण गर्दा अमेरिकाको पूर्वी तटीय क्षेत्रमा रहेको ५५ सय माइल लामो इन्धन पाइपलाइन बन्द भएको थियो । उक्त पाइपलाइनले पूर्वी तटीय क्षेत्रमा प्रयोग हुनेमध्ये ४५ प्रतिशत इन्धन बोक्छ ।

यो पुरस्कार डार्कसाइडको नेतृत्व तहमा रहेका कुनै व्यक्तिको परिचय वा ऊ रहेको स्थानबारे पत्ता लगाउनका लागि भएको बताइएको छ । डार्कसाइड -यान्समवेर आक्रमणमा सहभागी हुन खोज्नेलाई पक्राउ गर्नका लागि छुट्टै ५० लाख डलरको पुरस्कार पनि प्रस्ताव गरिएको छ ।

उक्त साइबर आक्रमणले कोलोनियल पाइपलाइन कम्पनीले धेरै दिनसम्म अपरेसन नै बन्द गर्नुपरेको थियो । पछि कम्पनीले ४४ लाख डलर बिटक्वाइनमा भुक्तानी गरेको थियो । क्रिप्टोकरेन्सी विश्लेषण गर्ने एलिप्टिकको अनुमानमा डार्कसाइडले कम्तीमा ९ करोड ४७ व्यक्ति वा संस्थाबाट -यान्सम भुक्तानी लिएको छ । यद्यपि अमेरिकी अधिकारीहरुले कम्पतीले तिरेको मध्ये ६३.७ बिटक्वाइन भुक्तानी फिर्ता लिन सफल भएको बताएका थिए । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया