Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररोबिनहुड डेटा चुहावटबाट ७० लाख प्रभावित

रोबिनहुड डेटा चुहावटबाट ७० लाख प्रभावित


अमेरिका । अमेरिकी सेयर ट्रेडिङ एप रोबिनहुडबाट डेटा चुहावट भएको छ । यसका ७० लाख प्रयोगकर्ता यसबाट प्रभावित भएको बताइएको छ । यो प्रकरणमा उनीहरुको नाम र इमेल सार्वजनिक भएको बताइएको छ । कम्पनीले सीमित संख्यामा आफ्ना प्रयोगकर्ताको व्यक्तिगत सूचना चुहावट भएको दाबी गरेको छ । त्यसमाथि कम्पनीले आफूले संकलन गर्ने अमेरिकी सामाजिक सुरक्षा संख्या र वित्तीय सूचना यो चुहावटबाट बचेको बताएको छ ।

रोबिनहुड यसको भुक्तानी अस्वीकार गरेको र यसविरुद्ध रिपोर्ट गरेको जनाएको छ । यस्ता -यान्सम मागहरुलाई साइबर आक्रमणमा सामान्य मानिन्छ र केही रकम दिएर आक्रमण भएका डेटा र यसको चुहावट रोक्ने गरिन्छ । तर आफूले त्यसो पनि नगरेको कम्पनीले जनाएको छ । बरु कम्पनीले सरकारी अधिकारीलाई यसबारे जानकारी गराएको र बाह्य साइबर सुरक्षा कम्पनीलाई यो घटनाको समाधानका लागि नियुक्त गरेको जनाएको छ । कम्पनीले वक्तव्यमा भनेको छ, ‘हामी हाम्रा प्रयोगकर्ताप्रति बफादार र पारदर्शी छौँ, घटनासँगै अब हामीले उचित ध्यान दिनुपर्नेछ ।’

यो घटना गत ३ तारिखमा भएको थियो । यसमा ५० लाखको इमेल कम्प्रोमाइज भएको र २० लाखको नाममा सोसल इन्जिनियरिङ नामक विशेष लक्षित स्क्याम जुन कसैलाई लग इन गर्न झुक्याउने टुलमार्फत चुहावट भएको बताइएको छ । कम्पनीका अनुसार तीन सय १० मानिसको अलिक धेरै सूचना बाहिरिएको छ । त्यसमा नाम, जन्ममिति र अमेरिकी जिप कोड समावेश छ । अरु १० जनाको अलिक धेरै संवेदनशील कुरा चुहावट भएको बताइएको छ । रोबिनहुड अमेरिकी प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ भने १८ वर्ष माथि उमेरका सामाजिक सुरक्षा नम्बर पाएकाले मात्रै चलाउन पाउँछन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया